२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

स्थानीय युवाद्धारा नि:शुल्क मास्क वितरण

बबई,
१७ चैत ।
पश्चिमदाङका युवाहरूले गरिब तथा पिछडिएका विपन्नहरूलाई निःशुल्क मास्क वितरण गरेका छन ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि बबई गाउँपालिका वडा नं. ३ निवासी धन बहादुर डिसीको नेतृत्वमा नेब वहादुर खड्का र मानदेव केसीले गरिब तथा पिछडिएहरूलाई निःशुल्क करिब ७ सय मास्क वितरण गरेका हुन ।

जथाभावी बाहिर नहिँडी घर भित्र बसेर कोरोना भाइरसबाट आफु पनि बच्न र अरूलाई पनि बचाउन पनि उनिहरूले आग्रह पनि गरेका थिए ।