२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बुटवलमा अलपत्र परेका ३४ जनालाई दाङ ल्याइयो

शिबप्रसाद उपाध्याय,
दाङ १७ चैत ।
बुटवलमा अलपत्र परेका दाङका ३४ जनालाई सुरक्षित दाङ ल्याइएको छ । कामको शिलशिलमा बुटवल गएका उनिहरू कारोना भाइरस रोकथाम लागि नेपाल सरकारले गत ११ गते देखि लकडाउन गरेपछि अलपत्र परेका थिए ।

बुटवलमा अलपत्र परेको खवर पाएपछि दंगिशरण गाउँपालिका वडा नं ५ का अध्यक्ष दिपक गौतमको नेतृत्वमा गाडी रिजर्भ गरेर ईलाका प्रशासन कार्यालय तुलसीपुरको सिफारिस सहित तुलसीपुर, दंगिशरण र शान्तिनगरका गरी ३४ जनालाई आज विहान दाङ ल्याइएको हो । अध्यक्ष गौतमका अनुसार २९ जना अलपत्र परेको खबर पाएर ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट २९ जनाको सिफारिस बनाएर लगेपनि बुटवल पुग्दा ३४ जना भेटाएकाले उनिहरू सबैलाई ल्याइएको हो ।