२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बबईमा २० जनालाई क्वारेन्टाइनमा राखियो

बबई,
१७ चैत ।
बबई गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा २० जनालाई राखिएको छ । कमाईकाजका लागि भारत लगायत अन्य देशमा गएर घर फर्केका गाउँपालिका भित्रका विभिन्न ठाउँका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखिएको हो ।

विशेष निगरानी र निःशुल्क खानासहित उनिहरूलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरी खड्काले जानकारी दिए । उनिहरूको घर फर्केको अवस्था हेरेर १ हप्ता देखि १४ दिन सम्म क्वारेन्टाइनमा राखिने संयोजक खड्काले बताए । हाल सम्म कुनै सम्भावित विरामी नभेटिएको पनि उनले बताए ।

बबई गाउँपालिकाले भारत लगायत अन्य देशमा गएर घर फर्केका र कोरोना भाइरसको सम्भावित विरामीलाई सुरक्षित राख्नका लागि हापुरे स्थित मावि पदमपुरमा ३० वार्डको क्वारेन्टाइन तयार गरेको छ ।