२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

सुरक्षा समितिले वाहिरबाट आएकालाई घरभेट गर्ने

देविराम कुसारी,
फुलवारी
१७ चैत्र । कोरोना भाइरस विरुद्ध सक्रिय रुपमा लागेको तुलसीपुर उपमहानगपालिका १३ फुलवारीको सुरक्षा समितिले वाहिरबाट आएकालाई घर भेट गर्ने भएको छ ।

समितिका संयोजक एंव वडा अध्यक्ष डम्वरबहादुर न्यौपानेको अध्यक्षतामा आज वसेको वैठकले विदेशबाट आएकालाई घर भेट गर्ने निर्णय गरेको हो । वाहिरबाट आएका व्यक्तिको तथ्यांक संकलन समेत गरेको समितिले यी व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने वा नराख्ने नगर स्वास्थ्य प्रमुखसंग समन्वय गर्ने पनि निर्णय गरेको समितिका सदस्य सचिव विनोद पाण्डेले जानकारी दिएका छन । वैठकले यो संक्रमणका वेला वाहिरबाट आएका व्यक्तिलाई घरमै गएर कोरोनाको वारेमा सचेत रहन जानकारी गराउने र समस्या भएमा क्वारेन्टाइनमा लैजान सक्ने सम्मको निर्णय गरेको समितिका सदस्य हरिहर पौडेलले जानकारी दिए ।

वैठकमा इलाका प्रहरी कार्यालय फुलवारीका प्रमुख खड्गबहादुर बुढा र अस्थाई प्रहरी पोष्ट दमारगाउँका प्रमुख बलबहादुर सुनारले आ–आफ्नो क्षेत्रको अवस्था वारेमा जानकारी गराएका थिए । वैठकले सरकारले लागु गरेको लकडाउन फुलवारीमा ६० देखी ६५ प्रतिशत कार्यान्वयमा रहेको पनि ठहर गरेको छ । आगामी दिनमा यस्लाई पुर्ण पालना गर्न गराउन अनुमगमनलाई व्यापक बनाइने भएको छ ।

समितिले यस अघि सचेतनाका लागि माइकिङ, अनुगमन, तथ्यांक संकलन, मास्क वितरण लगाएतका काम सम्पन्न गरेको छ ।