रगैंजा,
१७ चैत । शान्तिनगर गाउँपालिका वडा नं ५ ले वडा भित्र भारत तथा अन्य तेस्रो मुलुकमा कमाई गरी घर फर्केका व्यक्तिहरूको तथ्याङक संकलन गरेको छ ।
वडा अध्यक्ष गिरिराज बस्नेतको नेतृत्वमा गएको एक टोलीले तथ्याङ्क संकलन गरेको हो । वडा अध्यक्ष बस्नेतका अनुसार ५ नं वडा भित्र भारत तथा अन्य तेस्रो मुलुकमा कमाई गरी घर फर्केका १३ भेटिएका छन् । कोरोना भाइरसको महामारीको समयमा भारत तथा अन्य तेस्रो मुलुकमा कमाई गरी घर फर्केका व्यक्तिहरूको स्वास्थ्य अवस्था बुझ्न र तथ्याङक संकलन गर्न घर घरमा गएको वडा अध्यक्ष बस्नेतले बताए ।
तथ्याङक संकलनमा वडा सदस्यहरू डिल्ली खड्का, मैमी विक, वडा स्वास्थ्य क्लिनिकका प्रमुख प्रेम विष्ट, शिक्षक बाबुराम चौधरी, पार्वती रावत, सिड संस्थाकी सिता चौधरी, शिवा कँवर लगायतकाको सहभागिता रहेको थियो ।