२०७७ कार्तिक ९ गते आइतवार
२०७७ कार्तिक ९ गते आइतवार

शान्तिनगरमा १० बेडको क्वारेन्टाइन कक्ष तयार

शान्तिनगर,
१७ चैत ।
दाङको शान्तिनगर गाउँपालिकाले १० वेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

गाउँपालिकाको वडा नं ३ मा रहेको बिपि माबि बयालेमा क्वारेन्टाइन कक्ष संञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरी पुनले जानकारी दिएका छन् ।

कोरोना भाइरस फैलिन नदिन तथा भाइरस नियन्त्रणका लागि गाउँपालिकाले आज सोमबारदेखि क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले ७ वटै वडामा विदेशबाट आएका ब्यक्तिहरुको खोजी कार्य पनि जारी राखेको छ ।