२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

प्रहरीलाई मिनरल वाटर र बिस्कुट

तुलसीपुर,
१७ चैत ।
कोरोना भाइरस रोकथामका लागि लागेको लकडाउनलाई व्यवस्थित पार्न अहोरात्र सडकमा खटिएका नेपाल प्रहरीहरूलाई तुलसीपुरको एक संस्थाले खानेपानी र बिस्कुट वितरण गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १२ टरिगाउँ स्थित सिद्धार्थ टोल विकास संस्थाको पहलमा अस्थायी प्रहरी चौकी टरिगैंबाट लकडाउनमा पुकार पसल चोकमा खटिएका प्रहरीहरुलाई खानेपानी र बिस्कुट बितरण गरिएको हो ।

आफ्नो ज्यान जोखिम राखेर कोरोना भाइरस रोकथामका लागि खटिएका प्रहरीलाई सक्दो सहयोग गरेको संस्थाले जनाएको छ ।