शान्तिनगर,
१७ चैत । शान्तिनगर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रबि बुढाथोकीले वडाबासीहरूको घरमै गएर मास्क वितरण तथा कोरोना भाइरस रोकथाम सम्बन्धि सचेतना दिएका छन् ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न सुरक्षित घर भित्रै बस्न पनि वडा अध्यक्ष बुढाथोकीले आग्रह गरेका थिए । तिन समुहमा बनाएर मास्क वितरण, सचेतना तथा भारत तथा अन्य मुलुकबाट घर आएकाहरूको पहिचान गरिएको अध्यक्ष बुढाथोकीले बताए ।
उच्च सतर्कताका साथ विभिन्न सचेतना मुलक कार्यक्रम गरिएको र यसमा स्थानिय समाजसेवीहरूले पनि सहयोग गरेको उनको भनाई छ । जथाभाबी बाहिर नहिँडि घर भित्र बसेर कोरोना भाइरसबाट आफु पनि बच्न र अरूलाई पनि बचाउन उनले सुझाब दिएका छन।