२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

प्रदेश ५ का ३ स्थानमा कोरोना परिक्षण प्रयोगशाला स्थापना हुने

बुटवल,
१७ चैत
। प्रदेश पाँच सरकारले प्रदेशमा तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा तत्काल प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । तीन वटै प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने प्रदेश सरकारको निर्णय छ ।

हालै मात्र केन्द्र सरकारले चीनबाट ल्याएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए नभएको जाँच गर्ने पाँच मध्ये एक मेसिन प्रदेश ५ लाई दिएको छ ।