२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

बाटो बन्द गरेर दोस्रो चरणको लकडाउन कार्यान्वयन

तिर्थराज ज्ञवाली,
सिसहनिया १८ चैत ।
बढ्दो कोरोना भाईरसको जोखीमबाट बच्न र बचाउन दोस्रो चरणको लकडाउनमा राप्ती गाउँपालिकाका ९ वटै वडामा सहायक बाटाहरुमा बार लगायर लकडाउनको कार्यान्वयन कडा गरिएको छ ।

सरकारको नियम, कानुन नमानेर कोरोना भाईरसको जोखीम बृद्धि गर्न अनावश्यक रुपमा खुला हिँडडुल गर्ने तथा सवारी साधन चलाउनेलाई रोक्नका लागि वडा कार्यालयहरुको पहलमा स्थानिय प्रहरी तथा टोल सुधार संस्था र गाउँसुधार समितिको संक्रियतामा गाउँगाउँ जोड्ने बाटोमा बार र लकडाउनको कार्यान्वयन गराईएको वडा नं ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

हरेक वडाले आफ्नो वडाका बुद्धिजिवी, भद्रभलाद्मी, राजनैतिक पार्टी प्रतिनिधि, टोलसुधार समिति, गाउँसुधार समिति, अगुगा लगायतलाई छलफल गराई अत्यावश्यक कामकालागि बाहेक हिँडडुल गर्न रोक लगाईएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

राप्ती गाँउपालिका राम्रो कृषि क्षेत्र समेत भएको र यो समय गहुँ, मसुरो र मकै भित्राउने समय भएकोमा कृषकहरु केहि खेतवारीमा देखीने भएकोले गाउँगाउँमा हाँक हालेर दुई ब्यत्तिm विच दुरी कायम गर्ने, मास्क लगाउने र भिडभाड नगर्ने गरी सुरक्षित खेतिबाली ठाँउ लगाउन अनुरोध गरिएको साथै गाँउमा बाहिरी जिल्लाबाट वा विदेशबाट आउनेलाई निगरानीमा राख्न टोलसुधार समिति, गाउँ सुधार समिति, अगुवा लगायतलाई जिम्मेवारी प्रदान गरिएको प्रबक्ता चौधरीले बताए ।