२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

एम्बुलेन्सले मोटरसाईकललाई ठक्कर दिदा एकको मृत्यु

कोहलपुर,
१८ चैत ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा मंगलबार बिहान एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगन्ज जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले से ५ प ४८४ नम्बरको बाईकलाई ठक्कर दिएको थियो ।

दुर्घटना भए लगत्तै उपचारकालागि शिक्षण अस्पताल कोहलपुर पुर्याएकी शोभा बटालाको चिकीत्सकले मृत घोषणा गरेका हुन । मृतक बटाला बैजनाथ गाँउपालिका स्थित बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमीको रुपमा काम गर्दै आएको बैजानाथ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले बताए ।

मृतक बटाला मोटरसाइकलको पछाडी सवार थिइन । मोटरसाइकल चालक डन्डबिक्रम बिष्ट भने गम्भीर घाइते भएका छन । एम्बुलेन्स चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई सकेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि कुललिप चन्दले बताए ।