तुलसीपुर,
१८ चैत । नेपाली काँग्रेसका नेता जगतबहादुर खड्काले आफ्नो घरमा कोठा भाडामा लिएकाहरूको भाडा नलिने बताएका छन् ।
कोरोना भाइरसवाट चन्न र बचाउन लकडाउन भएको भन्दै आफुले पनि आफ्नो घरमा भाडामा बस्नेहरूलाई लकडाउन भरी भाडा नलिने घोषणा गरेका हुन ।
तुलसीपुर निवासी खड्काले आफ्नो घरमा ६ वटा कोठामा विद्यार्थीलगायतका परिवारहरू बस्दै आएको जानकारी दिदै उनीहरुसँग लकडाउन अवधिभरको भाडा नलिने जानकारी दिए ।