रोल्पा,
१८ चैत । दाङबाट खाद्यान्न लिएर रोल्पाको होलेरी आउँदै गरेको मिनि ट्रक दुर्घटनामा परेको छ । रुण्टीगढी गाउँपालिका ६ डुब्रिङ निबासी टेकबहादुर रोकाको रा १ क ९२ नम्बरको मिनि ट्रक सोही ठाँउको पसलको चामललगाएत खाद्यान्न सामाग्री ल्याउने क्रममा दुर्घटनामा परेको हो ।
ट्रकको ब्रेकमा एक्कासी समस्या आउँदा रुण्टीगढी–५ दाङछेरीमा विहाना पौने १२ वजेतिर सडकमै पल्टिएर दुर्घटना भएको ट्राफिक चेकपोष्ट होलेरीले जानकारी दिएको छ ।
दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । ट्रकको भाग भने कुच्चिएको प्रहरी जनाएको छ । उक्त सवारीमा भएको चामललगाएतको खाद्यान्न सामाग्री भने अर्को मिनि ट्रकमा राखेर होलेरी पुर्याइएको छ ।