२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

दाङ,
१८ चैत
। कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै कोठा भाडामा बस्दै आएकी नर्सलाई निकाला गर्ने घोराहीका एक घरबेटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुद्ध इन्टरनेशनलमा कार्यरत स्टाप नर्स श्रृजना खड्कालाई घरबाट निकाला गर्ने घरबेटी नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव समेत रहेका आचार्यले घरमा बस्ने स्टाप नर्स खड्कालाई घरबाट निकाला गरेको समाचार संचारमाध्यममा आएपछि नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभयो । 

पिडितले उजुरी दिएपछि मुद्धा प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो । अस्पतालमा धेरै बिरामीहरुसंग सम्पर्क हुने भएकाले आफूहरु असुरक्षित रहने भन्दै घरबेटी आचार्यले कोठा छोड्न दबाब दिएपछि १५ गते स्टाप नर्स खड्का होटेलको कोठामा बस्दै आउनुभएको छ ।