२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

वडा अध्यक्ष विपद व्यवस्थापन राहत कोष स्थापना

शान्तिनगर,
१८ चैत ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनगर गर्दै शान्तिनगर गाउँपालिका वडा नं ५ वडा कार्यालयले वडा अध्यक्ष विपद व्यवस्थापन राहत कोष स्थापना गरेको छ ।

वडा अध्यक्ष गिरिराज बस्नेतको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस र अन्य विपद व्यवस्थापन गर्न लागि वडा अध्यक्ष विपद व्यवस्थापन राहत कोष स्थापना गर्ने निर्णय गरेको हो । साथै बैठकले वडा अध्यक्ष विपद व्यवस्थापन राहत कोषमा वडा अध्यक्ष र वडा सदस्यहरूले १ महिनाको तलव भत्ता सहयोग गर्ने पनि निर्णय गरिएको छ । कोराना भाइरसको सम्भावित जोखिमलाई रोकथाम गर्न वडामा विभिन्न किसिमका सचेतामुलक कार्यक्रम सञ्चालन गर्दै वडाले वडा अध्यक्ष विपद व्यवस्थापन राहत कोषलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने वडा अध्यक्ष गिरीराज बस्नेतले जानकारी दिए ।

विभिन्न सहयोगी दाता, संघ सस्था, सहकारी, समुह, व्यापारी, समाजसेवी, बुद्धिजिवि, टोलविकास सस्था लगायत सवैसँग समन्वय गरेर सो कोषलाई अगाडी बढाउने उनले बताए ।