२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

कोरोना भाइरस रोकथाममा उच्च सतर्कता

शान्तिनगर,
१८ चैत
। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि शान्तिनगर गाउँपालिका वडा नं २ ले उच्च सतर्कता अपनाएको जनाएको छ ।

वडाबासीहरूलाई कोरोना भाइरसबाट बचाउन वडाले विभिन्न सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिएको छ । मास्क वितरण, सचेतनामुलक माइकिङ, भारत तथा तेस्रो मुलकबाट घर आएकाहरूको तथ्याङक सङकलन र होम क्वारेन्टाइनको सुझाब दिएको वडा अध्यक्ष फर्साराम डाँगीले जानकारी दिए ।

यस्तै वडाले बाघमारे स्वास्थ्य चौकीका स्वास्थ्य चौकीलाई ७ वडा पिपिई वितरण, वडाको पहलमा बाघमारे सामुदायीक बन र सदाबहार सामुदायीक बनको सहयोगमा वडाबासीलाई रूघाखोकी, ज्वरो जस्ता सामान्य रोगका लागि निःशुल्क औषधी खरिद गर्न लागेको वडा अध्यक्ष डाँगीले बताए ।

कोरोना भाइरस रोकथाम र वडाबासीको स्वास्थ्यका लागि कुनै पनि कसुर बाँकि नराख्ने पनि उनको बताए।