२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बबईले बिपद व्यवस्थापन कोषमा रकम थप गर्ने

बालकृष्ण पाण्डे,
हापुरे १८ चैत ।
दाङको बबई गाउँपालिकाले कोरोना भाइरसको सङक्रमण बढ्दै गैरहेको बेला बिपद व्यवस्थापन कोषमा रकम थप गर्ने भएको छ ।

आज बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । बबई गाउँपालिकाले यस आर्थिक बर्षका गाउँसभाबाट बिनियोजित भएका ११ ओटा योजना तथा कार्यक्रमको रकम रु. ४९ लाख ५० हजार रकम बिपद ब्यबस्थापन कोष मा थप गरी ५४ लाख ५० हजार पुर्याउने निर्णय गरेको छ ।

बिपद ब्यबस्थापन कोषमा यस अघि ५ लाख रुपैया रहेको थियो । यो संगै बबई गाउँपालिकाको बिपद ब्यबस्थापन कोषमा ५४ लाख ५० हजार रकम रहने बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिए । बबई गाउँपालिकाले कोरोना सङक्रमण नियन्त्रणको लागि यस अघि हापुरे स्थिति जनकल्याण माबि पदमपुर मा ३० बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ ।

क्वारेन्टाइनमा अहिले १७ जना छ्न भने तीन जनालाई फर्काइएको छ। साथै बबई गाउँपालिकाले बिदेश तथा बाहिरबाट घर फर्केकाहरुलाई घरमै पुगेर स्क्र्यानिङ र चेकजाँचको काम गरिरहेको छ । बबई गाउँपालिकाले यो बिपदको समयमा आइपर्ने समस्याको सबै मिलेर सामना गर्ने र उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।