२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

निःशुल्क मास्क र ग्लोप्स वितरण

दाङ,
१८ चैत ।
अहिले बिश्व भरी फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि देखा परेको छ । यो भाइरस नेपालभर फैलिन नदिनको लागि मानिसलाइ अति आबश्यक मास्क र सेनिटाइजरको आबश्यक छ, जसले गर्दा मानिसलाइ कोरोना भाइसरबाट बच्न केहि हद सम्म मदत गर्छ ।

दाङमा पनि अहिले यी चिजको अभाब देखा परेको छ ।मानवताको हिसाबमा यो बेला हरेक ठाउँबाट सबैले सहयोग गर्नुपर्छ । हामि सबै नेपाली र एक नेपालीले र्को नेपालीलाइ यो बिपतको घडिमा सहयोग गर्न आबश्यक छ भन्ने भनाइसँगै नेपाल विद्यार्थी संघ दाङको तर्फबाट जिल्ला कोषाध्यक्ष तुलसीपुर उपमहानगरपालिका वडा न ६ निवासी अरुण लहरेले अति आबश्यक पर्ने १००० थान मास्क र ५०० थान ग्लोप्स बितरण गरेका छन ।

लहरेले आफुले जहाँ अभाब छ, सो ठाउँमा उक्त सामाग्री वितरण गरेको जानकारी दिएका छन् ।