२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

लमहीले आजदेखि निःशुल्क खाद्यान्न वितरण गर्दै

प्रिया स्मृती गजमेर,
देउखुरी
१९ चैत्र । लमही नगरपालिकाले निःशुल्क राहत स्वरूप खाद्यान्न वितरण गर्ने भएको छ ।

लमही नगरपालिका क्षेत्रभित्र रहेका अति विपन्न, बैदेशिक रोजगारीको भरमा जीवन चलाएका, लकडाउनको कारण दैनिक खाद्यन्नको व्यवस्थापन गर्न नसक्ने अवस्थालाइ मध्यजनर गर्दै चामल २५ किलो, दाल दुई किलो, सोयाविन एक किलो, नुन एक किलो र खाने तेल आधा लिटर राहत स्वरुप वितरण गर्ने निर्णय गरिएको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिए ।

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले खाद्यान्न सामाग्री खरिद तथा व्यवस्थापनको लागि देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, लमही चेम्बर अफ कमर्शका अध्यक्ष अजय न्यौपाने, लमही होटल व्यवसायी संघका अध्यक्ष हिमन्तप्रसाद पाण्डे र लमही नगरपालिकाका कर्मचारी हरी रावतलाई जिम्मेवारी दिएको र आजदेखि खाद्यान्न सामाग्री वितरण गर्ने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिए ।

यस्तै बैठकले क्वारेन्टाइन संचालन तथा व्यवस्थापनको लागि लमही नगरपालिका वडा नम्बर ३ मा रहेको बाल जनता उच्च माध्यमिक विद्यालय वनगाउमा संंचालन गर्ने र संचालनका लागि लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका बसन्तराज शर्मा, नेपाली कांग्रेसका कर्णबहादुर बुढाथोकी, लमही अस्पतालका लोकराज पौडेल, लमही नगरपालिकामा कार्यरत गायत्री थापा, देवा नेपाली र बाल जनता माध्यमिक विद्यालयका प्रधानध्यापक चेतलाल चौधरी सहितको समिति गठन गर्ने र समितिको संयोजकमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी रहने निर्णय गरिएको छ।