२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

आर्थिक अवस्थाका आधारमा राहत वितरण गरिने

तिर्थराज ज्ञवाली,
सिसहनिया १९ चैत ।
दाङको राप्ती गाउँपालिकाले कोरोना संक्रमण रोकथामका लागि लकगडाउनको पालना गर्ने विपन्न घरधुरीलाई परिवारको संख्याको आधारमा खाद्य सामाग्री उपलब्ध गराउने भएको छ ।

दैनिक आयस्रोत कम भएका, समाजमा गरिव परिवारमा पर्ने, दैनिक गुजाराको लागि लकडाउनले प्रभाव पारेका नागरिकहरुलाई न्युनतम आवश्यकता अनुसार राहतको ब्यवस्था मिलाईएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन ।
प्रबक्ता विद्याशरण चौधरीका अनुसार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा बसेको विपद न्यनिकरण तथा प्रति रक्षासमितिको बैठकले ९ वटै वडाका गरिव विपन्न परिवारको पहिचान गरि खाद्य तथा सरसफाई सामाग्री उपलब्ध गराउने निर्णय गरि कार्यान्वयन सुरु गरिएको छ ।

सरकारको निर्णय, जिल्ला स्तरिय निर्णयलाई आधार बनाएर विश्वब्यापी तथा राष्ट्रिय विपक्तिमा सरकारको निर्णयलाई पालना गर्दै सहयोग गर्ने हरकोहिले सरकारको तर्फवाट केहि न केहि पाउने साथै बाहिरवाट आउने हर कोहिलाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको समेत चौधरीले बताए ।