२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

मास्क वितरणसँगै राहतकाे लागि तथ्यांक संकलन

बबई,
१९ चैत ।
बबई गाउँपालिका वडा नं ६ ले काराेना भाइरस राेकथामका लागि मास्क वितरणलाई तिव्रता दिएकाे छ ।

वडा अध्यक्ष राम वहादुर डाँगी विभिन्न टाेलका घरघरमा पुगेर मास्क वितरणसंगै राहतका लागि तथ्याङ्क संकलन गरेका छन् । नेपाल सरकारले काराेना भाइरस राेकथामका लागि लकडाउन गरेकाे याे समयमा गरिव तथा विपन्न परिवारलाई खाद्यान्न लगायत विभिन्न समस्या आइपर्ने भएकाले घरमै गएर समस्या बुझि तथ्याङक संकलन गर्न लागेकाे वडा अध्यक्ष डाँगीले जानकारी दिए ।

वडाबासीहरूकाे समस्या पहिचान गरि लिइएकाे तथ्याङकलाई राहतका लागि गाउँपालिकामा सिफारिस गरिनेछ । काराेना भाइरस राेकथामका लागि वडाले विभिन्न किसिमका सचेतनामुलक कार्यक्रम गर्दै आएकाे उनले बताए ।