प्रिया स्मृती गजमेर,
देउखुरी १९ चैत्र । देउखुरीमा क्वारेन्टाइन राख्नका लागि गरेको निर्णयको लमही नगरपालिका वडा नम्बर ३ का स्थानीयले विरोध गरेका छन । लमही नगरपालिका वडा नम्बर ३ स्थित रहेको बाल जनता माध्यामिक बिद्यालय बनगाउँमा कोरोना भाइरसका संभावित बिरामीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने निर्णय भएको थियो।
स्थानीय सरकारले गरेको यस निर्णयलाई वडा नम्बर ३ का स्थानीयले ठाडै अस्विकार गर्दै बिरोध गरेका हुन । क्वारेन्टाइन बनाउने भनेर तोकिएको उक्त बिद्यालयमा राख्न नहुने भन्दै गाउँ देखि टाढा ब्यवस्थापन गरिनु पर्ने स्थानीय श्याम चौधरीले भने । स्थानीय सुनिल चौधरीले भने ।
लमही नगरपालिका अन्तर्गत लमही जेसिज भवनमा राखिएका भारतिय नागरिक क्वारेन्टाइनको ब्यवस्थापन र अनुगमन प्रभाबकारी नहुँदा भागेका छन । केही दिन अघि मात्र लमही नगरपालिका ७ स्थित रहेको सम्राट सिमेन्ट कम्पनीमा मालबाहक ट्रक लिएर आएका पाँच जना भारतिय नागरिक मध्य गएराती दुई जना क्वारेन्टाइन बाट भागेका हुन । लमही नगरपालिकाले देउखुरी बुहुमुखी क्याम्पस र बालजनता माध्यमिक विद्यालय बनगाउँमा क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।
यता लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले यस्तो विषम परिस्थितिमा मानबिय व्यबहार देखाउन स्थानीय सङ्ग आग्रह गरेका छन । देश संकटमा रहेको बेला स्थानीय सरकारलाई सहयोग गर्न समेत सबैमा अनुरोध गरेक ाछन ।