२०७७ माघ १४ गते बुधवार
२०७७ माघ १४ गते बुधवार

कोरोना कहर : सुनसान चैते दशैं

प्रेम पुन,
दाङ १९ चैत
। आज चैते दशैं । हिन्दु नेपालीको महान चाडको रूपमा चैते दशैंलाई पनि लिइन्छ । आजको दिन दुर्गा माताको पूजा आजा गर्ने र ठुलावडाबाट टिका लगाएर आशिर्बाद लिने प्रचलन रहेको छ । टाढा टाढाबाट आफन्ती, ईष्टमित्र, छोरी चेलि, कमाईका लागि टाढा गएका युवाहरू चैते दशैं मनाउन घरमा आउने चलन छ ।

तर यसपटकको चैते दशैं विश्वभर कोरोना भाइरस (कोभिड १९) ले सन्त्रास फैलाएको बेलामा परेको छ । कोरोना भाइरस रोकथाममा लागि नेपाल सरकारले गत ११ गते देखि लकडाउन गरेको छ । यसले गर्दा यसपटकको चैते दशैंलाई पनि असर पारेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट विश्वमा ज्यान जानेको सङ्ख्या ४१ हजार पुगिसक्यो र ८ लाख ५० हजार बढी जनामा मानिसमा यसको लक्षण देखिएको छ । नेपालमा भने कोरोनाको सङक्रमन ५ जनामा देखिएको छ ति मध्य १ जना सफल उपचार पछि घर फर्केका छन ।

नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि उच्च सतर्कता अपनाएको छ । स्थानिय तहहरूले पनि आफ्ना स्थानिय स्तर सचेतनामुलक कार्यक्रम जारी राखेका छन । लकडाउनले घर बाहिर निस्कन पनि डर भइरहेको बेला यसपटको चैते दशैं होम लकडाउनमै जाने भएको छ । गाउँघरमा केहि मात्रामा चहलपह रहेपनि शहर बजार सुनसान नै छ । दशै हो कि हैन छुट्याउन गाह्रो भइरहेको छ । यसपटक चैतै दशैं कसरी मनाउने हो भन्दा पनि कोरोना भाइरसबाट कसरी बच्ने हो भन्ने पिरलो हामी नेपालीलाई भएको छ ।

कोरोना भाइरस रोकथामको लकडाउनले माइत जाने छोरी चेली घरमै लकडाउनमा छन । भारत तथा अन्य मुलकमा गएका युवाहरू घर फर्कन नसकेर विदेशमै लकडाउनमा छन । आफन्तीहरू आफ्नै घरमा लकडाउमा छन । यसले गर्दा चैते दशैं सुनसान भएको छ । आजको दिन आफन्तिको घर घरमा टिका थाप्ने र रमाइलो गर्ने दिन हो । तर कोरोना भाइरस सर्ने डरले एक अर्का विचमा नजिक पर्ने पनि डर छ । टिका त परै जाओस घर बाहिर निस्कन पनि नसक्ने अवस्था सिर्जना भएको छ ।

यसबर्षको चैते दशैं खल्लो भएपनि आगामी बर्षहरूमा रमाईलो साथ मनाउला । विश्वरभर महामारीको रूपमा फैलिएको कोरोना भाइरससंग लडौँ र जित्यौँ भने यस्ता चाडपर्व आगामी बर्ष मनाउँदै गरौँला । यो महामारीबाट बच्न उच्च सतर्कता सबैले अपनाऔं । नेपाल सरकारले लागु गरेको लकडाउनलाई पालना गरौँ । घर बाहिर ननिस्कौँ । साबुन पानिले हात मिचि मिचि धोऔं, नियमित मास्क प्रयोग गरौँ, यो महामारीबाट आफूपनि बचौँ र अरूलाई पनि बचाऔं । सबैलाई चैतै दशैंको शुभकामना ।