२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

नेपाल प्याब्सनद्धारा खाद्यान्न वितरण

प्रिया स्मृती गजमेर,
देउखुरी १९ चैत्र
। निजि तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लमही नगर समितिले लमही नगरपालिका भित्र रहेका अतिबिपन्न बर्गका घरपरिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको छ । आज बुधवार समितिका पदाधिकारीहरुले लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीलाई भेटेर राहत हस्तान्तरण गरेका हुन ।

लमहीमा रहेका सनलाईट मोर्डन सेकेन्डरी स्कुल, ज्योतिष्मती बिद्यापिठ, रोजिबड्स बालबाटिका माध्यामिक बिद्यालय, गोरखा मोडेल सेकेण्डरी स्कुल, जैइन्द्र मोडेल स्कुल, प्रिन्स इङ्लिस मोडेल स्कुल, राप्ती ग्यालेक्सी स्कुल, लर्डबुद्ध एकेडेमी र बेबिज क्यासल स्कुलले १ सय २८ बोरा चामल (३२ कुइन्टल) नगरपालिकाका प्रमुख केसीलाई हस्तान्तरण गरेका हुन ।

सोही अवस्थालाइ मध्यनजर गर्दै खाद्यन्न राहात संकलन गरी लमही नगरपालिका स्तरीय कोरोना संक्रमण राहात कोषमा एकसय २८ बोरा (३२) क्वीन्टल चामल जम्मा गरी राहात वितरण समितिलाइ ज्ञापनपत्र हस्तान्त्रण गरिएको प्याब्सन लमही नगर समितिका अध्यक्ष राजु यादवले जानकारी दिए।