२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

सुर्खेतमा पनि कोरोना भाइरस परीक्षण

सुर्खेत,
१९ चैत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि अब कोरोना भाइरसको परीक्षण हुने भएको छ ।

सुर्खेतमा नै कोरोना भाइरसको परीक्षण हुनु पर्ने कर्णाली प्रदेशको माग पछि सुर्खेतमा परीक्षण हुने भएको हो । विरामीको स्वाब परीक्षण गर्ने पीसिआर मेसिन सहितको अन्य आवश्यक स्वास्थ्य सामाग्री प्रदेश अस्पताल कालागाउँमा राखिएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।

आजबाट नै ल्याव सेवा स्थापना गरी परीक्षण सुरु गरिने उनको भनाई छ । मेसिनको साथमा आवश्यक किट, केमिकल, र विज्ञको टोली सुर्खेत पुगेको छ । अब कर्णाली प्रदेशका सम्भावित कोरोना संक्रमितको परीक्षण सुर्खेतमा नै हुनेछ ।