२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

फ्री वाइफाइसहित प्रतिष्ठानको भवनमा क्वारेन्टाइन

प्रिया स्मृती गजमेर,
देउखुरी १९ चैत्र ।
कोरोना संक्रमीत बिरामीका लागि क्वारेन्टाइन राख्ने बिषयमा बिवाद भएपछी लमही नगरपालिकाले लमहीको रातो डाँडामा रहेको सुबिधा सम्पन्न सहिद नेत्रलाल अभागी स्मृती भवनलाई प्रयोगमा ल्याएको छ ।

नगरपालिकाले क्वारेन्टाइनका लागि देउखुरी बहुमुखी क्याम्पस र बाल जनता माध्यमिक बिद्यालय बनगाउँलाई निर्णय गरेको थियो तर गाउँको बिचमा राखेर पुरै गाउँलाई त्रसित पार्न खोजेको भन्दै वडा नम्बर ३का स्थानीयले बिरोध गरेका थिए । प्रतिष्ठानको तीन तला भवन कोरोना संक्रमीत बिरामीको लागि योग्य भएकोले प्रतिष्ठानसँग कुरा गरेर क्वारेन्टाइनका लागि सहमति लिइएको नगरप्रमुख कुल बहादुर केसीले बताए। क्वारेन्टाइनमा राखिने ब्यक्तिहरुका लागि डाक्टर र सुरक्षाकर्मीले पनि पहरा दिने ब्यवस्था मिलाईने केसीले बताए ।

क्वारेन्टाइनमा बस्दा उनिहरुलाई कुनै मानसिक तनाब नहोस भनेर फ्री वाइफाइको सेवा पनि प्रदान गरिने भएको छ । क्वारेन्टाइनमा बस्दा कसैले पनि कुनै अप्रिय घटना न घटाउन भनेर चौबिसै घण्टा निगरानीमा राखिनेछ । बाहिरबाट आएका नागरिकलाई राख्ने, केही लक्षण देखिए अस्पताल पठाउने नगरप्रमुख केसीले बताए ।

हाललाई तीस जनाको लागि बेड तयार गरिएको छ । लमही नगरपालिकामा स्थापना गरेको कोरोना राहत कोषमा जम्मा भएको रकम बाट ती ब्यक्तिहरुको खानपानमा खर्च गरिने छ ।यस क्वारेन्टाइनमा जेष्ठ नागरिकलाई तल्लो तलामा राखिने भएको छ । त्यस्तै महिला बालबालिका र पुरुषलाई अलग अलग राखिने छ