२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

विद्यार्थी नेता गौतमद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

तुलसीपुर,
१९ चैत ।
नेपाल विद्यार्थी संघ साबिक दाङ क्षेत्र नं. ५ का निबर्तमान उपसभापती प्रदिप गौतमले ८० बिपन्न घर परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेका छ्न ।

निबर्तमान उपसभापती गौतमको ब्यक्तिगत सहयोगमा आज बुधबार एक कार्यक्रमका बिच उक्त सामाग्री बितरण गरिएको हो । विश्वमै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै गौतमले तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का विभिन्न टोलटोलमा पुगेर बिपन्न परिवारलाई उक्त सामाग्री सहयोग गरेका हुन ।

प्रत्येक बिपन्न घर परिवारलाई नुन, तेल ,चामल, साबुन र मास्क गरी करिब ४० हजार बराबरको सामाग्री बितरण गरेको गौतमले जानकारी दिए । खाद्यान्न सामाग्री बितरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा न ८ का सदस्य गौतमी कार्की, पाली काँग्रेस दाङका जिल्ला सदस्य जितबहादुर केसी, क्षेत्रिय प्रतिनिधि निर्मल गौतम, डिल्ली बिकलगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस वडा न. ८का इकाई सभापति लीलामणि गौतमले गरेका थिए ।