तुलसीपुर,
१९ चैत। विश्वब्यापी महामारी फैलिएको कोरोना भाइरस विरुद्ध जनचेतना फैलाउँदै तुलसीपुर ११ नम्बर वडा कार्यालयले मास्क वितरण शुरु गरेको छ ।
वडा कार्यालयले आफ्नै लगानीमा मास्क वितरण शुरु गरेको वडा सदस्य सुबास डाँगीले जानकारी दिए । वडा सदस्य डाँगीका अनुुसार पहिलो चरणमा ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाइ मास्क वितरण शुरु गरिएको हो । पहिलो चरणमा करिब ३ हजार मास्क वितरण गरिएको र दोस्रो चरणमा अन्य उमेर समुहका ब्यक्तिहरुलाइ वितरण गर्ने लक्ष्य रहेको वडा अध्यक्ष चित्र बहादुर वलिले जानकारी दिएका छन ।
टोल बिकास संस्थाको सहकार्यमा घर घरमा पुगेर मास्क वितरण गर्न शुरु गरिएको हो । मास्क वितरणसंगै कोरोना भाइरसबाट बच्न सरकारको निर्देशन पुर्ण रुपमा पालना गर्न पनि उक्त टोलीमा हिँडेका जनप्रतिनिधिहरुले अनुरोध गर्ने गरेका छन् । उक्त टोलिमा वडा अध्यक्ष चित्र बहादुर वली , वडा सदस्यहरु सुबास डाँगी, घनश्याम गौतम, निर्मा चौधरी र खिमा कुमारी बिक छन । । पायक पर्ने गाउँमा वडा सदस्यहरुलाइ लकडाउनमा त्यहाको अबस्था बारे निरन्तर निगरानी गर्न जिम्मेवारी समेत वडा कार्यालयले तोकेको छ ।