सुर्खेत,
२० चैत । दिउँसोको २ बज्न चार मिनेट बाँकी थियो। सुर्खेतको चौकुने गाँउपालिकाको वडा नम्बर ९ का डम्मर नेपालीले दिउँसोको खाना रोटी र तरकारी स्कूलको चौरमा बसेर खाइहेका थिए। भारतबाट आएको २ दिनपछि उनी चौकुने ६ मा रहेको जीवन ज्योती माविमा गाँउपालिकाले बनाएको क्वारेन्टाईनमा बस्न आइपुगे। मजदुरीका लागि भारतको उत्तराखण्ड भर्खरै पुगेका थिए।
काम थालेको जम्मा १८ दिन पुगेको थियो। विश्वभर कोरोनाको प्रकोप फैलियो। भारतमा पनि लकडाउन गरियो। मजदुरीका लागि भारत पुगेका उनी जस्तै नेपाली अहिले पनि विभिन्न ठाँउमा समस्यामा परिरहेका छन्। म काम गर्न गएको १७१७ दिन भएको थियो, सबै बन्द भयो, काम गर्न पनि पाएन सर, नेपालीले भने दुईदिन जति ति साहुले केही खाना पनि दिएको थियो तर पछि खाना र बस्न दिन सक्दैन भन्यो, हजार रुपैया दिएर पठाईदियो।
भारतबाट सात दिन लगाएर पैदल नेपाली आफ्नो गाँउ पुगेका हुन्। ‘सात दिन लगाएर म भारतको उत्तराखण्डको पहाडबाट हिडेर आए’, नेपालीले भने, ‘नेपालको बोडर सम्म आउदा मुखमा नुन भन्ने चिज परेन, हिँड्दा खुट्टा दुखेर हैरान भँए।’ उनले नेपालको बोडरमा आउनु अघि प्रहरी बिटहरुमा बसेर पनि रात कटाए। नेपालमा आईसके पछि भने बाटोमा खाना माग्दै आएको दुखेसो पोखे। ‘साहुले दिएको हजार रुपैया ईण्डीयाको बाटोमा नै सकियो, चाउचाउ बिस्कुट खाएर’, उनले भने, ‘नेपाल आए पछि मागेर भए पनि खाईयो, पैसा तिरेर पनि भारतमा खाना पाईन, बिस्कुट खाएर गाँउ पुगेँ।’ नेपाली गाँउ आएको जनप्रतिनिधिले थाहा पाए पछि पालिकाले क्वारेन्टाईनमा बस्न बोलाए पछि उनी आएका हुन्। ‘म घरमा एक्लै थिए। घरमा कोही छैनन्। आमा वुवा पनि ईण्डिया तिर नै छन्। अरुको घरमा सहयोग मागेर खाना खाईरहेको थिए। गाँउपालिकाले बोलाए पछि म यहाँ आएको हुँ।’ उनले भने।
चौकुने गाँउपालिकाले बनाएको क्वारेन्टाईनमा बस्ने उनी पहिलो व्यक्ति हुन्। नेपाली क्वारेन्टाईनमा बस्ने पहिलो व्यक्ती भएको गाँउपालिका अध्यक्ष धिर बहादुर शाहीले बताए। उनले नेपालीलाई गाँउमा नै रोजगारी दिने गरि गाँउपालिकाले सोच बनाएको गाँउपालिका अध्यक्ष शाहीले बताए। ‘उनी गाँउपालिकाले बनाएको क्वारेन्टाईनमा सहज रुपमा आउने पहिलो व्यक्ति हुन, मलाई काम दिनु परयो म अब ईण्डिया जान्न भनेका छन’, गाँउपालिका अध्यक्ष शाहीले भने, ‘सकेसम्म गाँउमा नै रोजगारी दिने गरि सोच बनेको छ।’
नेपालीलाई गाँउमानै रोजगारी दिने आश्वासन प्रदेश सरकारका मन्त्रीले पनि दिएको खबर थाहाखबरमा प्रकाशित छ ।