२०७८ कार्तिक ५ गते शुक्रवार
२०७८ कार्तिक ५ गते शुक्रवार

भाइले कुटपिट गरेर घाईते बनाएका दाईको मृत्यु

दाङ,
२० चैत ।
दाङमा आफ्नै भाइले दाइलाई कुटपिट गर्दा उपचारको क्रममा दाईको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका वडा नं. १ रसरीखोलाका २३ वर्षीय भाइ जसराम कामीले आफ्नै ३२ वर्षीय दाइ प्रेम कामीलाई बुधबार राति १० बजे घरायसी विवादले लौरोले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । विहीवार बिहान ६ बजे घाइते कामीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेको श्वासनली, पछाडी गर्दनमा गम्भीर चोट रहेको थियो । शवलाई लमही अस्पतालमा राखिएको छ । भाइको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।