२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

काठमाडौं,
२० चैत । 
नेपालमा छैटौं बिरामीमा कोरोना देखिएको छ। उपत्यका बाहिरका बिरामीमा कोरोना पोजेटिभ देखिएको  स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्।

उनी दोहाबाट काठमाडौं आएका थिए ।  चैत ४ गतेको फ्लाइटबाट काठमाडौं आएका थिए। पछिल्लो चौबिस घन्टामा ७३ जनाको कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएको छ । उक्त परीक्षणका क्रममा कोहीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन। 

अहिलेसम्म ११ सय ८४ वटा  परीक्षण भइसकेको छ। ४३ जनाको परीक्षणको क्रममा रहेको छ।  देशभरिमा १ सय ५ जना आइसोलेसनमा छन् । 

सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ। चारवटै केसको कन्ट्र्याक्ट ट्रेसिङको लगभग सकिएको डा देवकोटाले जानकारी दिएका छन्।