प्रिया स्मृती गजमेर,
देउखुरी २० चैत्र । कोरोना भाइरसका कारण बजार ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेपछी लमही नगरपालिकाले स्थानीयमा पर्न गएको असर प्रती तदारुकताका साथ चासो दिन थालेको छ । यसैबिच नगरपालिकाले वडा नम्बर ३ बाट खाद्यान्न वितरण कार्यक्रम सुरु गरेको छ। वडामा रहेका अति विपन्न घर परिवारलाइ वडाको विपद् व्यवस्थापन कोषबाट पाँच लाख बराबरको खाद्यान्न वितरण गर्न थालिएको वडाध्यक्ष बाबुराम चौधरीले जानकारी दिए ।
वडा कार्यालयको विपद् व्यवस्थापन कोषबाट पाँच लाख बजेट छ्ट्टाएको जानकारी गराउदै वडाध्यक्ष चौधरीले वडामा रहेका ७२ घरका अति विपन्न परिवालाइ ८० कुन्टल चामल, दुइसय दश लिटर खाने तेल, दुइसय ७२ किलो नुन वितरण गर्न लागेको बताए ।
आज बिहिवार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उप–प्रमुख देवका बेल्वासे, वडाध्यक्ष बाबुराम चौधरी र वडा सदस्यको रोहबरमा अति विपन्न घर परिवारलाइ राहात स्वरुप खाद्यान्न वितरण गरिएको हो ।
त्यस्तै उपप्रमुख देबका बेल्बासेले बिपदका बेला स्थानीय सरकार नगरबासीको साथमा रहेको र कुनै पनि हालतमा खाद्यान्नको अभाव हुन नदिने बताईन । नगरबासीको समस्यामा मलमपट्टी गर्न स्थानीय सरकार हरेक समय तयार भएकोले कत्ती पनि निरास नहुन आग्रह गरेकी छन । खाद्यान्न वितरण गर्दै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लकडाउनको पुर्णरुपमा पालना गर्न नगरवासीलाई अनुरोध गरेका छन ।
साथै नगरप्रमुख केसीले लमही नगरपालिका १ देखि ९ नम्बर वडाका नगरबासहीहरुको घरमा खाद्यान्नको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन ।