गढवा,
२० चैत । गढवा गाउँपालिका वडा नं. ६ मनिकापुुरमा आज बिहीवार दिउँसो करिब ३ बजेर ५० मिनटमा एक्कासी आगलागि भएको छ । आगलागिबाट ३ घर, २ गोठ, एक घुुम्ती पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छन् ।
आगलागिबाट स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर, भक्त बहादुुर सुुनारको गोठ, कृष्ण बहादुुर सुुनारको पसल र घर तथा ऋषि रानाको घर, गोठ तथा भान्साघर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागिबाट घरमा रहेका लत्ता कपडा, खाद्यान्न, काठपात तथा फर्निचर र महत्वपुुर्ण कागजातहरु सबै जलेको अग्नीपिडीतहरुले बताएका छन् ।
आगलागी भएको खबर आएपछि गढवा गाउँपालिकाको दमकल र इलाका प्रहरी तथा स्थानीयले आगो निभाउने कार्यमा सहयोग गरेको र लमही नगरपालिकाको दमकल पनि घटनास्थलमा आइ आगो नियन्त्रणमा लिएको थियो । दुुवै दमकलमा पानी सकिएपछि पुुन राप्ती नदीमा गएर पानी ल्याई आगोलाई पुुर्णरुपमा निभाइएको गढवा गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले बताए ।
आगलागिबाट भएको क्षतिको बिवरण भने यकिन भएको छैन । प्रहरी कार्यालयको मुचुल्का तयार भएपछि मात्र क्षतिको विवरण आउने बताइएको छ । स्थानीय भक्त बहादुुर सुुनारको गोठ नजिकै बिद्युतको ट्रान्सफर्मर रहेको र सो को फ्युुजबाट निस्किीएको झिल्काले आगलागि भएको स्थानीयहरुले बताए ।