२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

स्वतन्त्र पत्रकारितामाथि निर्मम आक्रमण : उपाध्यक्ष पोख्रेल

काठमाडौं,
२० चैत ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले नेपाली स्वतन्त्र पत्रकारितामाथि निर्मम आक्रमणको नयाँ प्रवृत्ति देखिएको बताउनु भएको छ ।

उपाध्यक्ष पोख्रेलले यसको निन्दा गर्दै लेख्नुभएको छ, ‘यसरी डेभेलपरलाई प्रयोग गरेर समाचार ‘किल’गर्ने प्रक्रियामा जोडिएका सबैलाई हदैसम्मको कारबाही हुनु पर्दछ ।’ उपाध्यक्ष पोख्रेलले भनेका छन्, ‘प्रेस स्वतन्त्रता र सम्पादकीय स्वन्त्रताको बलियो पक्षपाती संगठन नेपाल पत्रकार महासंघले यो बिषयलाई गम्भीरताका साथ लिन्छ र यो प्रवृत्तिलाई निर्मूल पार्नका लागि आफूलाई अग्रमोचाँमा उभ्याउँछ ।’ यो महासंघको परम्परा, दायित्व, बिशेषता र सामयिक भूमिकाभित्र पर्ने विषय भएको पनि उहाँले बताउनु भएको छ ।

उपाध्यक्ष पोख्रेलले आफ्नो स्टाटसमा यस्तो लेख्नुभएको छः

स्वीकार गर्न नसकिने निन्दनीय घटना ।
– प्रेस तथा सम्पादकीय स्वतन्त्रताको पक्षमा एकताबद्ध भइ उभिऔं ।
– काठमाण्डौ प्रेस अनलाइनमा भ्रष्टाचारसँग सम्बन्धित समाचार आयो ।
– बिहान समाचारमा जोडिएकाहरुको तर्फबाट समाचार हटाउन आग्रह भयो ।
– अनलाइनले हटाउन मानेन ।
– हटाउन नमानेपछि धम्की पनि दिइयो ।
– धम्कीपछि पनि सम्पादकीय टिम समाचार हटाउन तयार भएन ।
– एक्कासी त्यो समाचार डिलिट भयो । पेज खुल्ने टेक्स्ट चाहिँ डिलिट ।
– कसरी समाचार हट्यो भन्ने चर्चा, खोजी भयो ।
– दिउँसो त्यो अनलाइनको डेभेलपरले त्यो समाचार अनलाइनको सम्पादकीय टिमलाई जानकारी नदिएर हटाएको थाहा भयो ।
– अनलाइनले त्यो समाचारलाई रिपोष्ट गर्यो ।

नेपाली स्वतन्त्र पत्रकारितामाथि निर्मम आक्रमणको नयाँ प्रवृत्ति हो । यो सम्पूर्ण रुपमा निन्दनीय छ । यसरी डेभेलपरलाई प्रयोग गरेर समाचार ‘किल’ गर्ने प्रक्रियामा जोडिएका सबैलाई हदैसम्मको कारबाही हुनुपर्दछ । प्रेस स्वतन्त्रता र सम्पादकीय स्वन्त्रताको बलियो पक्षपाती संगठन नेपाल पत्रकार महासंघले यो बिषयलाई गम्भीरताका साथ लिन्छ र यो प्रवृत्तिलाई निर्मुल पार्नका लागि आफूलाई अग्रमोर्चामा उभ्याउँछ ।

यो महासंघको परम्परा, दायित्व, विशेषता र सामयिक भूमिकाभित्र पर्ने विषय हो । मैले सो अनलाइनका प्रधानसम्पादक कसमस विश्वकर्मा र प्रवन्ध सम्पादक गोबिन्द पयिारसँग कुरा गरें । उहाँहरुले उच्च मनोबलका साथ आफ्नो कार्यलाई निरन्तरता दिइरहनु भएको छ । समारचारको रि–पोष्ट मात्र हैन, फलोअप पनि गर्ने जानकारी दिनुभएको छ ।