२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

कोरोनाबाट झण्डै ५३ हजारको मृत्यु, १० लाख संक्रमित

काठमाडौं,
२१ चैत ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५२ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ ।मृतकको संख्या भने इटलीमा धेरै छ । इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।

स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।