२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

विपन्न परिवारलाई खाद्यान्न र मास्क सहयोग

तुलसीपुर,
२१ चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा न. ९ दाेघरेका समाजसेवी हुम बहादुर खड्काकाे परिवारले निम्न तथा विपन्न परिवारलाई खाद्यान्न सहयाेग गरेका छन् ।

काेराेना भाइरस राेकथामका लागि नेपाल सरकारले लक डाउन गरेपछि निम्न तथा विपन्न परिवारलाई जिविकाे निर्वाह गर्न समस्या परेकाे भन्दै आफ्नाे गाउँ दंगिशरण गाउँपालिका वडा नं ६ मा गएर खड्का परिवारले खाद्यान्न वितरण गरेका हुन ।

जनप्रतिनिधि र बागर प्रहरी चाैकीका प्रतिनिधकाे राेहवरमा चामल, नुन, तेल, दाल लगायतका खाद्यान्न सामाग्री सहयाेग गरेका हुन । साथै उनले मास्क पनि वितरण गरेका थिए ।

यस्तै खड्का परिवारले ६ वटा काेठामा भाडमा बस्दै आएकालाई भाडा छुट गर्ने पनि जनाएको छ ।