शिबप्रसाद उपाध्याय,
दंगिशरण २१ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड १९ को जोखिमको अवस्थामा नेपाल सरकारले गरेको लकडाउनले दैनिक जिविका चलाउन समस्या परेको भन्दै दंगिशरण गाउँपालिका वडा नं. ५ वडा कार्यालयले अति विपन्न २५ घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।
प्रति परिवार चामल २० केजी, नुन १ केजि, दाल १ केजि, खाने तेल १ लिटरको दरले सामान वितरण गरिएको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए ।
राहत वितरण कार्यक्रम अघि सारेपछि अहिले विपन्न घरपरिवारहरुले रोजीरोटीको जोहो भएको महशुस गरेका छन् ।