२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

संसद् बैठक लगातार तेस्रोपटक स्थगित

काठमाडौं,
२१ चैत ।
कोरोना भाइरसको त्रासपछि प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ । यसअघि २३ चैतका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको थियो । कोरोनाको त्रास यथावत् रहेपछि शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि चैत ७ गते, १३ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो ।

राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।

कोरोनाको त्रासपछि मुलुकभरका अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेकाले बैठक स्थगित गरिएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले बताएका छन् ।