२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

राहतका लागि तथ्याङक संकलन गर्दै शान्तिनगर

शान्तिनगर,
२१ चैत ।
शान्तिनगर गाउँपालिकाले अति विपन्न परिवारलाई राहत वितरणका लागि वडा वडामा तथ्याङक संकलन गर्न सुरू गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले गत ११ गतेदेखि लकडाउन गरेसंगै अति विपन्न परिवारलाई जिविकोपार्जन गर्न समस्या परेको भन्दै शान्तिनगर गाउँपालिकाले उनिहरूको तथ्याङक संकलन आज देखि सुरू गरेको प्रवक्ता रवि बुढाथोकीले जानकारी दिए । दैनिक ज्यालादारी गर्ने, खनजोत गर्ने, घर टहरा बनाउने, सडक निर्माण गर्ने लगायतका ज्यालादारी काम गर्ने कामदारको घरपरिवारलाई राहत गाउँपालिकाले राहत उपलब्ध गराउने प्रबक्ता बुढाथोकीले बताए ।

१, २ र ३ नं वडाका पहाडी क्षेत्रका वस्तीहरुमा बाहेक न्यूनतम ५ कठ्ठा जग्गा भएको र दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने परिवारलाई विशेष प्राथमिकतामा राखिनेछ । प्रबक्ता बुढाथोकीका अनुसार कुनै लक्षित परिवार तथ्याङ्कमा छुट भई राहत नपाएको गुनासो गर्न आएमा सम्बन्धित वडा अध्यक्षको पहलमा समस्या समाधान गरिनेछ ।