२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

एनआइसी बैंकद्वारा खाद्यान्न प्रदान

प्रिया स्मृती गजमेर,
देउखुरी २१ चैत्र ।
लकडाउनले मारमा परेका उपभोक्ताहरुको समस्यालाई समाधान गर्न देउखुरीका बैंकहरुले पनि चासोका साथ लिन थालेका छन ।

यसै बिच आज शुक्रवार लमहीमा रहेको एनआईसी एसिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गढवा गाउँपालिकामा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई खाद्यान्न बितरण गरेको छ । बैंकले गढवा गाउँपालिकासँग सहकार्य गरेर चामल २४ बोरा, तेल ५ कार्टुन नुन र दाल ५ बोरा लगायत खाद्यान्न सामग्री वितरण गरेको हो ।

देशमा कोरोना भाइरसले महामारी लिएर फैलिन थालेपछि संक्रमणबाट बच्न नेपाल सरकारले लकडाउन घोषणा गरेपछी गरिरहेका विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरूसमेत बन्द हुँदा दैनिक ज्याला मजदुरी गरेर जिबिका चलाउनेहरुको अबस्था नाजुक हुँदै गएको छ । बैंकले त्यस्तै समस्यामा परेका ब्यक्तिहरुको पहिचान गरेर उनिहरुलाई सहयोग गरेको हो ।

बैंकका लमही शाखा प्रमुख बिजय कुमार रसाइलीले गाउँपालिका प्रमुख सहजराम यादबलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन । ‘दुखको बेला बैंकको तर्फ बाट पनि केही गर्नु पर्छ भन्ने हाम्रो बुझाई हो त्यही भएर सहयोग गर्यौ’ बैंकका सम्बन्ध प्रबन्धक तेज बहादुर नेपालीले भने । बैंकहरु नाफा मुखी मात्र नभएर सेवा मुखी पनि हुन्छन भन्ने सेवाग्राहीमा सन्देस पुग्नेछ नेपालीले भने।

लकडाउनको समयमा जनताको दुःख र समस्यालाई बुझेर बैंकले खाद्यान्न उपलब्ध गराएको भन्दै गाउँपालिकाका अध्यक्ष यादवले धन्यवाद दिएका छन ।