दाङ,
२१ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघले उद्योगी व्यवसायिहरुको मनोवल उच्च राख्नका लागि राज्यले बैंक ब्याज, राजस्व छुट दिन माग गरेको छ ।
संघका अध्यक्ष नारायणप्रसाद भुसाल तथा संघका महासचिव नरेश कार्कीले आज शुक्रवार एक विज्ञप्ती जारी यस्तो माग गरेका हुन । विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको अवस्थामा नेपाल सरकारले यहीँ चैत ११ गतेबाट देश भर लकडाउन गरी रहेकोे यस विषम परिस्थितीमा निजी क्षेत्र अत्यन्त प्रभावित भर्इ उद्योगी तथा व्यवसायिहरु सडकमा आउने अवस्था सृजना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै घरवेटीहरुले भाडामा वसेका उद्योगी व्यवसायिहरुलाई लकडाउनको अवधी भर घर भाडा छुट गरीदिन पनि आग्रह गरिएको छ ।
विज्ञप्ती :