तुलसीपुर,
२१ चैत । तुलसीपुर उपमहानगरपालिकाले आजबाट राहत वितरण सुरु गरेको छ ।
अति विपन्न ज्यालादारीमा काम गर्ने, चालक, सहचालक लगायत दिनभर काम नगरेर साँझ विहानको छाक टार्न हम्मे हम्मे हुनेलाई राहत वितरण निर्देशिका वमोजिम राहत वितरण गरिएको हो ।
राहतमा ३० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन र सावुन रहेको छ । नगरप्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया शर्मा लगायतले राहत वितरण गर्नुभएको हो ।