२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

दाङबाट ४ जनाको स्वाब परीक्षणको लागि पठाइयो

दाङ,
२१ चैत ।
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत ४ जनाको स्वाब परीक्षणको लागि आज शुक्रवार काठमाडौं पठाइएको कोरोना विशेष अस्पतालका सदस्य सचिव तथा राप्ती उपक्षेत्रिय अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिएका छन् ।

शुक्रवार विशेष अस्पतालको आइसोलेनमा रहेका ४ जनाको स्वाब परीक्षणका लागि नेपालगन्जबाट विमान मार्फत काठमाडौं पठाइएको र भोलि साँझसम्म उनीहरुको रिपोर्ट आउने पनि शर्माले जानकारी दिए ।

बेलझुण्डीको कोरोना विशेष अस्पतालमा हालसम्म ६७ जना ज्वरोका विरामी सेवा लिन आएको र त्यसमध्य १७ जना कारोना भाइरसको आशंकामा आइसोलेसनमा बसेर उपचार गरेका थिए । आईसोलेसनमा बसेका १७ जनामध्य १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर फर्किसकेका छन् ।

सुरुका केही दिनहरुमा बुटवलवाट चिकित्सक आएर दाङमा विरामीको नमुना संकलन गरेको भएपनि पछिल्लो समय दाङमै विरामीको नमुना संकलन हुन थालेको छ । यद्यपी देशका सबै प्रदेशहरुमा कोरोनाको परीक्षण सुरु भइसकेको भएपनि हालसम्म प्रदेश नम्वर ५ मा मात्रै त्यो हुन सकेको छैन ।

त्यसैले अझैपनि यहाँ स्वाब परीक्षणको लागि काठमाडौं नै पठाउनु पर्ने बाध्यता छ ।