२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

म मास्क लगाउँदिन : डोनाल्ड ट्रम्प

एजेन्सी,
२२ चैत ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले मास्क नलगाउने घोषणा गरेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकी नागरिकहरूलाई मास्क लगाउन सुझाव दिएको भएपनि राष्ट्रपति ट्रम्पले आफूले मास्क नलगाउने बताएका हुन् ।

शुक्रबार जारी गरिएको मार्गनिर्देशन स्वैच्छिक भएको उनको भनाइ छ । उनले भनेका छन्, ‘तपाईँहरुले पनि यसको पलना गर्नु पर्दैन । मलाई लाग्दैन कि मैले पनि यसको पलाना गर्ने छु ।’

कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको नियमित ब्रिफिङ्गमा राष्ट्रपति ट्रम्प मास्कबिनै प्रस्तुत भएका थिए । उनले मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, डिटेक्टर, राजा, महारानीहरुसँगको भेटमा प्रस्तुत हुन नसक्ने बताए ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट ७ हजार जनाको मृत्यु भएको छ भने २ लाख ७० हजार बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ।