देविराम कुसारी,
दाङ २२ चैत्र । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड दाङले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चपेटामा परेका विपन्न परिवारलाई राहात वितरण कार्य थालेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विपन्न परिवारको दैनिकी सहज वनाउने उद्देश्यका साथ संस्थाले राहत वितरण सुरु गरेको हो ।
संस्थाका आर्थिक व्यवस्थापन संयोजक एंव प्रमुख कार्यकारी निर्देशक विमला योगीको अध्यक्षतामा सम्पन्न भएको वैठकले गरेको निर्णय अनुसार संस्थाले विभिन्न स्थानमा विभिन्न चरणमा राहत वितरण गर्ने संस्थाका वरिष्ठ प्रवन्धक लोकमणी रेग्मीले जानकारी दिए ।
वरिष्ठ प्रवन्धक रेग्मीका अनुसार संस्थाले दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलबस्तु र रुपन्देही जिल्लामा राहात वितण गर्ने भएको छ । राहात वितरणसंगै सञ्चार माध्यमको अधिक्तम सदुपयोग गर्दे संस्थाले सामुदायिक सचेतना प्रदान, सामाजिक सद्भाब तथा कोरोना भाइरसका कारण भएको लकडाउनबाट समस्यामा परेका दैनिक ज्याला मजुदुरी गरी खानेलाई मानसिक रुपमा बलियो बनाउने कार्य भैरहेको आर्थिक व्यवस्थापन संयोजक योगीले जानकारी दिइन ।
यसैक्रममा संस्थाले स्वर्गद्धारी नगरपालिका प्यूठानको बिपद् ब्यवस्थापन कोषमा ५० हजार नगद आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थागत बरिष्ठ अधिकृत मघुसुदन थापाले सो रकम कोषमा जम्मा गरेका हुन । त्यसैगरी संस्थाका बरिष्ठ अकिृत थापाद्धारानै प्यूठान नगरपालिका प्यूठानमा ३७ हजार बरावर एक हजार पीस अर्गानीक साबुन सहयोग प्रदान गरिएको छ । संस्थाले प्युठानकै नौबहिनी गाउँपालिका ४२ हजार वरावरको दुई सय लिटर खाने तेल र चार सय पोका नुन संस्थाका अधिकृत अनिल केसीद्धारा प्रदान गरिको छ ।
यता दाङको घोराही उपमहानगरपालिकामा करिव ६० हजार बरावरको दुई हजार एक सय ६० पिस हात धुने साबुन प्रदान गरिएको छ । साथै ऐरावती गाउँपालिका तथा झिमरुक गाउँपालिका प्यूठानमा ७५ हजार वरावरको मास्क सहयोग प्रदान गरिएको छ ।
उक्त मास्क बित्तीय संस्थाका संचालक समिति सदस्य शुष्मा गौतमद्धारा प्रदान गरीएको थियो । यसै गरी अन्य स्थानीय निकायसँग समन्वय गरी आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक योगीले जानकारी दिएकी छन।