२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

निःशुल्क ८ सय बढी मास्क वितरण

टोप बहादुर चौधरी,
बबई २२ चैत ।
बबई गाउँपालिका वडा नं ७ वडा कार्यालयले विकट बस्ती मलईमा निःशुल्क मास्क वितरण गरेको छ ।

वडा अध्यक्ष महाविर चौधरी र बबई स्वास्थ्य शाखा सहायक संयोजक शरदराज गिरीको नेतृत्वमा गएको एक टोलीले कोरोना रोकथामका लागि मलईमा निःशुल्क ८ सय मास्क वितरण गरेको हो । माक्स प्रयोग गर्ने र सावुन पानीले मिचिमिचि हात धुने तरिका सिकाइएको थियो । घरमै सुरक्षित साथ बस्न सुझाव समेत दिइएको थियो ।

साथै भारतबाट घर फर्केका सोही ठाउँका २ जना युवालाई कोरोन्टाइनमा राख्न हापुरेमा ल्याइएको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।