२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

लकडाउन पुर्णरुपमा कार्यान्वयन गर्न आग्रह

दाङ,
२२ चैत ।
बिश्वब्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न सरकार लागि परेको सन्दर्भमा दाङ स्थानीय प्रशासनले पनि कडाइका गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय दाङले दाङका सबै सहरहरुमा लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन सबै प्रहरी युनिटहरुलाई परिचालन गरिसकेको छ ।

बिहान र साझ ५ बजेपछि पनि कसैलाई घरबाट बाहिर ननिस्कन पुनःअपिल गरेको छ । स्थानीय स्तरमा खाद्यान्नका पसलहरु समेत पुर्णरुपमा बन्द गर्न आब्हान गरेको छ । नागरिकको स्वास्थ सुरक्षालाई मध्यनजर गर्दै अति आबश्यक भन्दा अरु काममा घर बाहिर निस्कन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।

‘हामीले जिल्लाबासीको सुरक्षालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सबै तह र तप्कालाई परिचालन गरिरहेका छौं’ उनले भने, तर प्रशासनलाई नागरिकले घरभित्र बसेर सहयोग गर्नुपर्यो । कोरोना नियन्त्रण गर्ने अभियानमा आजसम्म सबैको भुमिका महत्वपूर्ण छ, तर भोलि आउन सक्ने भयावह परिस्थितिलाई पनि हाीले समयमै आकलन गर्नुपर्छ ।’

लकडाउन लागु भएको ११ औं दिन सम्म पनि नागरिकहरु साँझ र बिहानको समयमा घरबाहिर आवतजावत गर्ने काम नरोकिएको व्यापक जनगुणासो बढेपछि स्थानीय प्रशासनले जिल्लाको घोराही, तुलसीपुर, लमही, भालुबाङ र गाउँमा पनि नागरिकलाई आवतजावत र हिँडडुल गर्न पुर्णरुपमा रोक लगाईएको प्रशासनले जनाएको छ ।

स्थानीय प्रसाशनको अनुमति बिना लकडाउन उल्लङ्घन गर्ने जोकोहि नागरिकलाई पनि स्थानीय प्रसाशनले कानुन अनुसार कारबाही गर्ने पनि बताईएको छ । लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन खाद्यान्न, तरकारी, डेरि पसल समेत पुर्णतः बन्द गर्न सबैलाई आब्हान गरिएको छ ।