२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

घोराही उपमहानगरद्धारा खाद्यान्न वितरण

दाङ,
२२ चैत ।
घोराही उपमहानगरपालिकाले राहत स्वरूप खाद्यान्न वितरण गर्न सुरू गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनमा दैनिक मजदुरी लेबर, ज्यालादारीमा काम गर्ने डकर्मी, सिकर्मी, हेल्पर तथा बिपन्न बर्गलाई छाक टार्न समस्या परेको भन्दै उपमहानगरपालिकाले उनिहरू राहत स्वरूप खाद्यान्न वितरण गर्ने सुरू गरेको हो ।

चामल, दाल, तेल, नुन जस्ता खाद्यान्न सामाग्री वितरण सुरू गरेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।