प्रिया स्मृती गजमेर,
देउखुरी २२ चैत्र । सडकमा तरकारी बिक्रीवितरण गर्ने किसानहरुलाई ब्यवस्थित गर्नका लागि देउखुरी उधोग बाणिज्य संघले लमहीको सार्बजनिक बगैंचामा डोरीले चारै तिर बारबेर गरिदिएको छ । उधोग बाणिज्य संघको पहलमा सडकमा जथाभावी बसेर तरकारी बेच्ने र किन्नेहरुको भिडभाड हुन थालेपछी संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले यस्तो बिकल्प अपनाएको बताए ।
दिनभरी जसो लकडाउनका कारण बाहिर निस्कन नपाएका मानिसहरु बिहान तरकारी किन्न ठेलमठेल गर्ने, एक अर्का सङ्ग छोईने, टाँसिने गर्ने भएकोले असुरक्षित भएको महसुस गरिएकोले यो उपाय अपनाईएको श्रेष्ठले बताए । देउखुरी उधोग बाणिज्य संघले तरकारी बिक्रि गर्ने किसानहरुलाई मास्क, ग्लोब्स र सिनेटाईजर समेत उपलब्ध गराउने महासचिव कमलजङ्ग सिंह ठकुरीले जानकारी दिए । तरकारी किन्ने ग्राहकले पालैपालो किन्नु पर्नेछ ठकुरीले भने ।
लमहीको सार्बजनिक बगैचामा बनाईएको अस्थायी तरकारी बजारमा तरकारी बेच्न र किन्न आउनेहरुको लागि अस्थायी शौचालय समेत निर्माण गरिएको छ । बत्ती जोडिएको छ । सिमित बनाईएको सिमा भन्दा मानिस भित्र नजाओस भनेर चारै तिर चुना राखिएको छ । त्यस्तै लमही बजारमा खाद्यान्नको ब्यबसाय गर्नेहरु सङ्ग पनि खाद्यान्नको बारेमा देउखुरी उधोग बाणिज्य संघले जानकारी लिएको छ । अहिले तत्कालै सेवाग्राही आत्तिहाल्नु पर्ने अवस्था नभएको ब्यबसायीहरुले बताएको अध्यक्ष श्रेष्ठले बताए ।
‘चामल, नुन, दाल लगायतको सामान प्रशस्तै छ, सबैले आबश्यक भन्दा बढी स्टोर गरेर राख्न आबश्यक छैन हामी उपलब्ध गराउन तयार छौ भन्नू भएको छ’ अध्यक्ष श्रेष्ठले भने । साथै बजारमा पाइने अत्यावश्यक खाद्यान्नमा कुनै मूल्यवृद्धि पनि नभएको उनको भनाई छ । देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठका अनुशार सेवाग्राहीलाई ब्यबसायीहरुले मर्कामा नपारुन भनेर दैनिक बजार अनुगमन गरिने छ ।
त्यसै गरी संघले लमही नगरपालिकाका ९ वटै वडाका वडाध्यक्षहरुलाई पचासपचास वटा मास्क बितरण गरिएको छ भने नगरपालिका भित्रका सबै सुरक्षाकर्मीलाई पनि मास्क दिईएको छ ।
देउखुरी उधोग बाणिज्य संघका उपाध्यक्ष बिनोद कुमार पाण्डे, कोषाध्यक्ष केशब घिमिरे, सदस्य सुशील कुमार कौशल, बिमला लम्साल, कृष्णा डाँगी, प्रकाश जिसी, वसन्त कुमार भन्डारी, कानुनी सल्लाहकार शेषमणी गौतम, सल्लाहकार दुलमदास चौधरी लगायतको टोलिको सक्रियतामा तरकारीको अस्थायी बजार बनाईएको हो ।