२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

प्रदेश सरकारले पठाएको पीपीई सेटमा गाउन मात्रै

पाल्पा,
२३ चैत ।
प्रदेश ५ सरकारले पहिलोपटक जिल्लाका दुई अस्पताललाई पीपीई सेट पठाएको बताए पनि चिकित्सकहरुले यो गाउन मात्र भएको बताएका छन्।

पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेयले १० सेट पीपीई ल्याएको जानकारी दिए पनि सोही अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपुरिटेन्डेन्ट पुष्पराज ज्ञवालीले सेटमा गाउन मात्र रहेको बताए।

रामपुर अस्पतालका फार्मेसी निरीक्षक रामप्रसाद कोइरालाले पनि प्रदेश सरकारले १० सेट गाउन पठाएको बताए। शंकास्पद बिरामी आए मात्र उक्त गाउन लगाउने नभए प्याक नै नखोल्ने उनको भनाइ छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट पाल्पा र रामपुर अस्पताललाई १०–१० सेट पीपीई, ५–५ सय सर्जिकल मास्क र ग्लोब्स पठाएको प्रदेश सरकारले जनाएको थियो। एन९५ मास्क ५–५ थान पठाएको बताइएको छ।